किरण चेम्जोङको टिमले जित्यो आई लिग

Read Time:1 Minute

नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङको टिम राउण्ड ग्लास पञ्जावल भारतको दोस्रो श्रेणीको लिग आई लिगको उपाधि जितेको छ।

शनिबार भएको खेलमा राजस्थान युनाइटेडलाई ४–० ले हराएसँगै पञ्जावले एक खेलअघि नै उपाधि जितेको हो ।

आई लिग च्याम्पियन पञ्जावले अर्को सिजनको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने छ। यस्तो व्यवस्था यसै सिजनदेखि सुरु भएको हो।

किरणले दोस्रो पटक आई लिग उपाधि जितेका हुन्। उनले यसअघि सन् २०१७–१८ को सिजनमा मिनेर्भा पञ्जावबाट आई लिग जिताएका थिए।

यता, नेपालका अर्का खेलाडी अन्जन विष्ट सम्मिलित केन्क्रे एफसी भने यो सिजनमा अन्तिम दुईमा रहेर आई लिगबाट रेलिगेसनमा परेको छ।

पञ्जावले २१ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको श्रिनिध डेकनको २० खेलबाट ४१ अंक छ र बाँकी दुवै खेल जितेपछि पञ्जावलाई भेट्ने छैन ।

Happy
Happy
82 %
Sad
Sad
2 %
Excited
Excited
6 %
Sleepy
Sleepy
3 %
Angry
Angry
1 %
Surprise
Surprise
5 %
Previous post अग्रता जाेगाउन नसक्दा हिमालयन शेर्पासँग रोकियो मनाङ
Next post लिगमा चर्च बोइजको सुखद् डेब्यू, पुलिसलाई हरायो
Close