विश्वकपबाट बाहिरिए सैफुद्दिन, बंगलादेशी टिममा रुबेल हुसैन

बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिने टि–२० विश्वकपका बाँकी खेल गुमाउने भएका छन्। चोटका कारण २४ वर्षीय सैफुद्दिनले विश्वकपका बाँकी खेल गुमाउने भएका हुन्।

टि–२० विश्वकपका चारवटै खेल खेलेका सैफुद्दिनले ढाडको चोटका कारण विश्वकपका बाँकी खेल गुमाउने भएका हुन् । उनले बंगालादेशका लागि २९ टि–२० र २९ एकदिवसीय खेल खेलेका छन्।

ब्याटिङम अलराउन्डरका रुपमा बंगलादेशी टिममा रहेका सैफुद्दिनले विश्वकप गुमाउने भएका बंगलादेश क्रिकेट बोर्डले उनको स्थानमा अनुभवी फास्ट बलर रुबेल हुसैनलाई टिममा बोलाएको छ।

३१ वर्र्षीय बलर हुसैनले बंगलादेशका लागि २८ टि–२०, १०४ एकदिवसीय र २७ टेस्ट म्याच खेलेका छन्। जसमा उनले टि–२०मा २८, टेस्टमा ३६ र एकदिवसीयमा १२९ विकेट लिएका छन्।