नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रमा हङहङमा सनदार प्रदर्शन गरेकी छिन्। हङकङमा जारी फेयरब्रेक आमन्त्रण टि–२० क्रिकेटमा रुविनाको बल र ब्याट दुवै चलेपछि उनको टिम बर्मी आर्मी विजयी भयो।
रुविनाले अरान्ड प्रदर्शन गरिन्। उनले ३२ रन बनाउनुका साथै ५ विकेट लिएपछि बर्मीले सफायर्सविरद्ध ६१ रनको जित निकाल्यो।
बर्मीले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन जोड्यो। उसका लागि लाउरा वुल्भर्टले ४९ रन बनाइन भने रूबिनाले नटआउट ३२ रन जोडिन्। रूबिनाले २५ बलमा १ चौका र २ छक्का प्रहार गरिन्।
रुविनाको घातक बलिङमा १६९ रनको लक्ष्य पछ्याएको सफायर्स १५.५ ओभरमा १०७ रनमै अलआउट भयो।
रूबिनाले चार ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चेर ५ विकेट लिइन्। उनी जारी सिजन फेयरब्रेकमा पाँच विकेट लिने पहिलो खेलाडी बनिन् बने प्रतियोगितामा ५ विकेट लिने पहिलो एसोसिएट खेलाडी पनि बनिन्।
प्रतियोगितामा बर्मी सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगितामा बार्बी आर्मी र टोनेडससहित वारियर्स, स्पिरिट, साफायर्स र फाल्कन्स सहभागी छन्।
रूबिनाकाे ब्याटिङ
Good morning, 🇳🇵Nepal 🌞
— FairBreak (@fairbreakglobal) April 12, 2023
Your very own Rubina Chhetry 🇳🇵 is hitting 6️⃣s for fun at #FBI23 🏏@TheBarmyArmy | @CricHeroes | #CricketTwitter pic.twitter.com/Y5LBcWEDI1