रोनाल्डो पुनः युराेप फर्कने अल नासरका प्रशिक्षककाे दाबी

Read Time:2 Minute

क्रिस्टियानो रोनाल्डोले साउदी अरबमा फुटबल करियर समाप्त नगर्ने अल नासरका प्रशिक्षक प्रशिक्षक रुडी गार्सियाले बताएका छन्। गार्सियाले आफ्ना स्टार स्ट्राइकर रोनाल्डो युरोपियन फुटबलमा फर्किने दाबी गरेका छन्।

साउदी अरेबिया क्लबबाट खेल्ने आश्चर्यजनक कदम चालेका पोर्चुगिज सुपरस्टार रोनाल्डोका लागि सो ट्रान्सफर सोचे अनरूप योजना मुताबिक सकारात्मक साबित भइरहेको छैन। साउदीको लिगको शीर्षस्थानमा रहेको अल नासर गत बिहिबार ठूलो प्रतिद्व्न्द्वी अफ इतिहादसँग पराजित हुँदै साउदी सुपर कपबाट बाहिरिएको थियो। रोनाल्डो सो खेलमा पनि गोल गर्न असफल भएका थिए।

पराजयपछि क्लबका मुख्य प्रशिक्षक रूडि गार्सिया आफ्ना सुपरस्टार खेलाडीको आलोचना गर्न हिच्किचाएनन्। ‘रोनाल्डोले खेलको पहिलो हाफमा पाएको सुनौलो अवसर सदुपयोग गर्न नसक्दा खेलले अर्कै मोड लियो,’ गार्सियाले खेलपछि प्रतिक्रिया दिएका थिए।

पोर्चुगिज स्टार स्ट्राइकरको टिममा भूमिकाका बारेमा पनि प्रतिक्रिया दिन उनी हिच्किचाएनन्। आफ्ना खेलाडीहरूले बारम्बार रोनाल्डोलाइ बल पास गरेको भन्दै उनीहरूको पनि आलोचना गरेका थिए। रोनाल्डोको र अर्का खेलाडी एन्डरसन तालिस्काको पोजिसन पनि उस्तैउस्तै रहेको उनले इंगित गरेका थिए।

गत समर ट्रान्सफर विन्डोमा कुनै पनि युरोपेली क्लबले उनलाई सम्झौता प्रस्ताव गर्न तयार नभएपछि रोनाल्डोको साउदी अरेबियाको क्लबमा जाने निर्णय गरेका थिए। उनको पारिश्रमिक माग र मैदानमा उनको घट्दो प्रतिफल र बढ्दो उमेरका कारण उनका विकल्पहरू पनि सिमित हुँदै गएका थिए।

पियर्स मोर्गनसँगको विवादास्पद अन्तर्वार्तापछि नोभेम्बरमा पारस्परिक सहमतिमा म्यानचेस्टर युनाइटेडसँगको सम्झौतामा पूर्णविराम लगाएका रोनाल्डोले युरोपमै खेल्ने मनस्थिति रहेको बताएका थिए। त्यसबेला उनले मध्यपूर्वमा भन्दा युरोपमै प्रतिस्पर्धा गर्न बढी इच्छुक रहेको संकेत गरेका थिए।

Happy
Happy
13 %
Sad
Sad
13 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
38 %
Surprise
Surprise
38 %
Previous post ए डिभिजन लिग खेल्न अस्ट्रेलियाबाट फर्किए रेजिन सुब्बा
Next post क्यानले गर्ला सन्दीपको निलम्बन फुकुवा ?
Close