राष्ट्रपति रनिङ शिल्डको १३औं संस्कणको पहिलो दिन एथ्लेटिक्मा लुम्बनी प्रदेशले ३ स्वर्ण जितेको छ। दशरथ रंगशालामा जारी प्रतियोगितामा लुम्बिनीले १०० मिटर दौडमा महिला र पुरुष दुवै र १५०० मिटर दौडमा पुरुष तर्फ स्वर्ण जितेको हो।
१०० मिटर दौको पुरुषतर्फ लुम्बिनीका सुजल डाँगीले ११.४ सेकेण्डको टाइमिङसहित स्वर्ण जिते । यो विधामा मधेशका आदेश यादव रजथ र कर्णालीका सुशील वलीले यो स्पर्धामा कांस्य जिते।
यस्तै, महिलातर्फ लुम्बिनीकै आरुषी भट्टराईले १३.७ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण जितिन् भने बागमतीक दिना गोपालीले रजत तथा स्वागता खाइजुले कांस्य जिते।
यस्तै, १५०० मिटर दौडको पुरुषमा स्वर्ण जितेका लुम्बनीका विकास विकले निर्धारित दुरी ४ मिनेट २२.८ सेकेण्डमा पुरा गरे। गण्डकीका बादल कार्की र सुदूरपश्तिमका अमित आउजीले यो स्पर्धामा क्रमश रजत र कांस्य जिते ।
यो स्पर्धाको महलिातर्फको स्वर्ण गण्डकी प्रदेशकी नारायणी भण्डारीले जितिन्। उनले निर्धारित दुरी ५ मिनेट १५.४ सेकेण्डमा पुरा गरिन्। यस्तै, लुम्बिनीकी मोतीकला डाँगीले रजत तथा कोशी प्रदेशकी नीला जिमीले कांस्य पदक जिते।
यसैगरी हाइजम्पतर्फ बागमतीका नवीन खत्रीले स्वर्ण जिते। उनले १.६८ मिटर उचाई नाघे । गण्डकीका मनिष जिसी र कोशीका सागर यादव संयुक्त रुपमा दोस्रो रहे । यो स्पर्धाको छात्रामा १.४५ मिटर उचाई नाघेकी गण्डकीकी सीमा श्रेष्ठले स्वर्ण जितिन् ।
लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कांस्य पदक जिते । तीन दिने प्रतियोगितामा एथलेटिक्सतर्फ सात प्रदेशका १५४ खेलाडीले २६ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।