थ्री स्टार छाड्दै मनाङ फर्किए रुपेश केसी

Read Time:1 Minute

मिडफिल्डर रुपेश केसी मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका छन्। थ्री स्टार क्लबमा चार सिजन बिताएर रुपेश मनाङ फर्किएका हुन्।

३० वर्षीय रुपेशले यसअघि पनि मनाङबाट खेलिसकेका छन्। रुपेशलाई आसन्न ए डिभिजन लिग र राष्ट्रिय लिगका लागि मनाङले अनुबन्धन गरेको हो।

मनाङबाटै थ्री स्टार गएका रुपेश त्यहाँ ४ सिजन बिताएर पुनः मनाङ फर्किएका हुन् । थ्री स्टारमा उनले कप्तानीको जिम्मेवारी पनि पाएका थिए। एन्फा एकेडेमीका उत्पादन रुपेश हिमालयन शेर्पाबाट पनि खेलेका छन्।

राष्ट्रिय टिमका पूर्व खेलाडीसमेत रहेका रुपेशले सन् २०१५मा सिएफसी भुटानबाट पनि त्यहाँको लिग खेलेका थिए । उनले सन् २०१२मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post स्टार खेलाडीले भरिएको पिएसजीमा कसको तलब कति?
Next post फर्नान्डेस र पोग्बा चम्किँदा म्यान्चेस्टर युनाइटेडकाे सानदार जित
Close