°
, June 7, 2023 in

हाइस्कोरिङ म्याचमा चेन्नईको १३ रनको जित

SHARE:

पूर्वकप्तान महेन्द्रसिंह धोनी कप्तान बनेलगत्तै आईपिएलमा चन्नई विजयी भएको छ। धोनीले कप्तानी सम्हालपछि भएको हाइस्कोरिङ म्याचमा चेन्नाईले सनराइजर्स हैदरावादमाथि १३ रनको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै चेन्नईले दिएको २०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो । हैदरावादको शुरुवात राम्रो थियो । सुरुवाती ६ ओभरमा लगभग १० को औसतमा रन बटुलेको थियो । यसै ओभरको अन्तिम बलमा अभिषेक शर्मा ३९ रन बनाएर आउट भए ।

हैदरावादका लागि निकोलस पुरनले ३३ बलमा अविजित ६४ रन बनाए । अन्तिम ओभरमा उनले ३ छक्का र एक चौकाको मद्दतमा २३ रन बनाएका थिए । बलिङतर्फ चेन्नाईका मुकेश चौधरीले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईका लागि ऋतुराज गायकवाडले ९९ रन बनाए । यसैगरी डेभोन कोनवेले अविजित ८५ रन बनाए । दुवैले पहिलो विकेटका लागि १८२ रनको साझेदारी गरे । चेन्नाईका लागि आईपीएलमा पहिलो विकेटका लागि भएको साझेदारीको यो नयाँ रेकर्ड हो । गायकवाड प्लेयर अफ द म्याच भए ।

ऋतुराजपछि कप्तान धोनी पिचमा आए तर उनी ८ रन मात्रै बनाएर आउट भए । रविन्द्र जडेजा १ रन मात्रै जोडे । बलिङतर्फ हैदरावादका टी नटराजनले २ विकेट लिए ।

SHARE: