अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन्।
शनिबार मेलबर्नमा भएको फाइनलमा पाँचौं वरियताकी साबलेन्काले काजकिस्तानकी एलिना रेबाकिनालाई एलिनालाई ४–६, ६–३ र ६–४ ले हराउँदै अस्ट्रेलियन ओपन जितिन्।
मेलबर्न पार्कमा भएको फाइलन २ घण्टा २८ मिनेट चलेको थियो । पहिलो सटमा पछि परेर उपाधि जितेको यो सातौं ग्रान्डस्लाम फाइनल हो। २४ वर्षीय साबलेन्काको यो पहिलो ग्रान्डस्लाम उपाधि हो।
यता, रेबानिका भने दोस्रो पटक ग्रान्डस्लामको फाइनल पुगे पनि उपाधिबाट बञ्चित भइन्।
पुरुषतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्ने छन् ।