राष्ट्रिष्य फुटसल लिगको प्लेअफ समीकरण पुरा

पहिलो पटक आयोजना भइरहेको ए डिभजिन राष्ट्रिय फुटसल लिगको प्लेअफ समीकरण पुरा भएको छ। मंगलबार भएका अन्तिम चरणका तीनखेलसँगै फुटसल लिगको प्लेअफ समीकरण पुरा भएको हो।

लिग चरणको अन्तिम दिन भएका तीन खेलमा सविन मेमोरियल एफसी, प्रभातफेरी युथ क्लब र ढुकु फुटसल विजयी भए। सविन मेमोरियलले संखमुल फुटसललाई ३–१ले हराउँदा प्रभातफेरीले फुटसल फाइभ धरानलाई ६–२ र ढुकु फुटसलले झरना स्पोर्ट्स क्लबलाई ५–३ले हरायो।

अन्तिम दिन संखमुललाई हराउँदै सविन मेमोरियल प्लेअफमा पुग्दा प्रभातफेरीसँग पराजित भएपछि फुटसलफाइल लिग चरणमै रोकियो। १६ अंक जोडेको सविन मेमोरियल १६ अंकसहित चौथो हुँदै प्लेअफ पुग्यो।

यससअघि नै स्पोर्ट्स क्यासल पोखरा, द राइजिङ क्लब धरान र संखमुल फुटसल प्लेअफ पुगिसकेका थिए। क्यासल कुल २२ अंकसहित शीर्षस्थानमा छ । स्पोर्टस् उच्च अंकसहित जारी लिगमा सबैभन्दा पहिले अन्तिम ४ मा स्थान पक्का गरेको थियो । क्यासलले ७ खेलमा जित, एक खेल बराबरी र एक खेलमा हार व्यहारेको छ ।

त्यस्तै, लिगको दोस्रो स्थानमा धरानको द राइजिङ क्लब छ । सुरुआती चरणमा उत्कृष्ट प्रदर्शनीसँगै लिगको शीर्षस्थानमा रहेको राइजिङको खेल पछि खस्किएको थियो । जारी लिगमा द राइजिङको १९ अंकसहित दोस्रो स्थानमा छ । राइजिङले ६ खेल, २ खेल बराबरी र एकमा हार व्यहोरेको छ ।

कुल १० टिम सहभागी रहेको राष्ट्रिय ए डिभिजन फुटसलको सेमिफाइनलका खेल बुधबारदेखि हुनेछ । सेमिफाइनलको पहिलो खेल बुधबार स्पोर्टस् क्यासल र द राइजिङबीच हुनेछ ।

दोस्रो खेलमा मंगलबारकै प्रतिद्वन्द्वी सविन मेमोरियल र शंखमुल पुनः भिड्नेछन् । असोज २ गतेदेखि जारी प्रतियोगिताको फाइनल असोज २२ गते हुनेछ ।

Facebook Comments Box