°
, June 4, 2023 in

आई लिगमा चम्किइन सावित्रा, गरिन् एक्लै ४ गोल

SHARE:

नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारीले भारतमा सानदार प्रदर्शन गरेकी छन्। सावित्रा चम्किएकाे खेलमा उनकाे टिम गोकुलम केरेलाले इन्डियन वुमन्स लिगमा फराकिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा गोकुलमले उडिसालाई ८१ गोल अन्तरले हराएको छ। गोकुलमको जितमा सावित्राले चार गोल गरिन् ।

सावित्राले लगातार दोस्रो खेलमा गोल गरेकी हुन्। सावित्राले पहिलो खेलमा पाँच गोल गरेकी थिइन् । दुई खेलमै उनको गोल संख्या ९ पुगेको छ।

यस्तै गोकुलमको जितमा शिल्की, ग्रेस र भिभियनले एक एक गरिन्। उडिसाका सुमित्राले एक गोल फर्काईन् ।

SHARE: