राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी नेपाली राष्ट्रिय टिम तथा एपिएफकी स्ट्राइकर सवित्रा भण्डारीको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग गर्ने भएको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सावित्रको उपचारमा एन्फाले सहयोग गर्ने बताएका हुन्। सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको घुँडामा चोट लागेको थियो ।
अध्यक्ष शेर्पाले लेखेका छन्– ‘नेपाली महिला राष्ट्रिय टीमकी उत्कृष्ट खेलाडी साबित्रा घाइते भएकाले नेपाली राष्ट्रिय टिममा अपुरणीय क्षति हुने छ । साबित्राको उपचारमा एन्फा हरेक कोणबाट उपचारका सहयोग गर्छ ।’ एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति हुने भन्दै उनको स्वास्थ्य उपचारमा एन्फाले हरेक कोणबाट उपचारमा सहयोग गर्ने जनाए ।
एमआरआई गराएर हेर्दा सावित्राको एसिएल च्यातिएको देखिएको छ । बुधबारसम्म सावित्राको चोटको बारेमा विस्तृत रिपोर्ट आउने छ । प्रारम्भिक रिपोर्ट अनुसार सावित्राले करिब १ वर्ष खेल्न नसक्ने सम्भावना रहेको बताइएको छ।
सावित्राले जारी लिगमा १० खेल खेल्दै ४३ गोल गरिसकेकी छिन् । उनले आर्मी र पुलिस विरुद्धको खेलमा गोल गर्न सकेकी थिइन् । उनले चौदण्डीगढीविरुद्ध पहिलो चरणमा १२ र दोस्रो चरणमा ८ गोल गरेकी थिइन् ।