नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी सात महिनापछि स्वदेश फर्किएकी छिन्। कतारमा दायाँ घुँडाको शल्यक्रिया गरेर सावित्रा मंगलबार साँझ स्वदेश फर्किएका हुन्।
सावित्राको घुँडाको शल्यक्रिया कतारस्थित अस्पेटार अस्पतालमा गरिएको थियो । अस्पतालले सावित्रालाई आइतबार परीक्षण गरेपछि डिस्चार्ज दिएको थियो ।
महिला राष्ट्रिय लिगका क्रममा सावित्राको घुँडामा चोट लागेको थियो । त्यसपछि उनी गत असार १२ गते उपचारका लागि कतार पुगेकी थिइन् ।
नेपाल फर्किएपछि सावित्राले ग्राउन्ड रिहाब गर्नुपर्ने छ । ग्राउन्ड रिहाबपछि सावित्रा केही सातामै मैदान फर्कन सक्ने बताइएको छ।
राष्ट्रिय टिमका लागि कीर्तिमान ३८ गोल गरेकी सावित्रालाई एन्फाले उपचारका लागि सहयोग गरेको थियो । उनी गत असार १२ गते कतार गएकी थिइन् ।
नेपालको मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट महिला खेलाडीको रुपमा रहेकी सावित्रा लिग दौरान नै विदेशमा खेल्न एजेन्टको खोजीमा थिइन् । तर चोटका कारण उनको यो चाहना पूरा हुन सकेन ।