नेपाली राष्ट्रिय फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भारतमा जारी महिला लिगमा उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिएकी छिन् । साम्बाले ह्याट्रिक गरेपछि एसएसबी सेन्ट्रल क्लबलाई पारजित गर्दै सेतु फुटबल क्लब महिला लिगको उपाधि नजिक पुगेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा सावित्रा र ग्रेसको ह्याट्रिकको मद्दतमा सेतुले एसएसबी सेन्ट्रल क्लबलाई ८–१ को फराकिलो अन्तरले पराजित गर्दै मणिपुर पुलिस स्पोट्र्स क्लबसँगको उपाधि भिडन्त पक्का गरेको छ ।
पहिलोपटक विदेशी लिग खेलिरहेकी सावित्राको यो प्रतियोगितामा तेस्रो ह्याट्रिक हो । यसअघि उनले कोल्हापुर सिटी र मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध ह्याट्रिक गरेकी थिइन् । प्रतिायोगिताको ६ खेलमा साम्बाले १३ गोल गरेकी छिन् ।
सेतुको सहज जित
भारतीय महिला लिगमा सेतु फुटबल क्लबले सेमिफाइनलम सहज जित हात पारेको छ । सोमबार गुरु नानक स्टेडियमा भएको खेलमा सेतुले एसएसबी सेन्ट्रल क्लबलाई ८–१ले पारजित गरेको हो ।
सेतुलाई सजह जित दिलाउने क्रममा सावित्राले ह्याट्रिकसहित ४ गोल गरिन् भने ग्रेसले पनि ह्याट्रिक गरिन् । अर्को गोल रतवालाले गरिन् ।
प्रतियोगितामा तेस्रो ह्याट्रिक पुरा गर्ने क्रममा सावित्राले ४१, ५९ र ६५ औं मिनेटमा गोल गरिन् । उनले चौथो गोल खेलको अन्तिम मिनेटमा गरेकी थिइन्. ।
यस्तै ग्रेसले १३, ४५+३ र ५२औं मिनेटम गोल गरिन् भने ग्रेस ७१ औं मिनेटमा गोल गरेकी थिइन् । एसएसबी सेन्ट्रलका लागि खेलको ७०औं मिनेटमा दुलार मारन्डीले सान्त्वना गोल गरिन् ।
सेतु र मनिपुर पुलिसबीचको फाइलन बुधबार गुरु नानक स्टेडियममा हुने छ । सेतु र मनिपुर समूह चरणमा एउटै समूहम थिए । सेतु समूह विजेता र मनिपुर उपविजेता बन्दै सेमिफाइलन प्रवेश गरेका थिए ।