सचिनको रेकर्डतर्फ अग्रसर कोहली

Read Time:1 Minute

स्टार ब्याट्सम्यान विराट कोहली मास्टर ब्लास्टर सचिन तेन्दुलकरको रेकर्ड तोड्नेतर्फ अग्रसर भएका छन्। कोहली एकदिवसीयमा सर्वाधिक शतक प्रहार गर्ने सचिनको रेकर्ड नजिक पुगेका छन्।

कोहलीले मंगलबार मात्र ४५औं एकदिवसीय शतक प्रहार गरेको छन्। अब कोहली सचिनको रेकर्डभन्दा ४ शतक मात्रपछि छन्। सचिनले ४९ शतक प्रहार गरेका छन्।

लगभग दुई वर्ष आउट अफ फर्म रहेका कोहली अहिले लयमा आएका छन्। त्यसैले चाँडै नै कोहलीले सचिनको रेकर्ड तोड्न सक्नेछन्।

मंगलबार गुवाहटीमा भएको खेलमा कोहलीले श्रीलंकाविरुद्ध ८० बलमा शतक प्रहार गरे । खेलमा उनले ११३ रन बनाए।

सर्वाधिक एकदिवसीय शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीको तेस्रो स्थानमा अस्ट्रेलियाका रिकी पोन्टिङ छन्। उनले ३० एकदिवसीय शतक प्रहार गरेका थिए।

समग्रमा कोहलीको यो ७३औं शतक हो । कोहलीले ४५ एकदिवसीय शतक, २७ टेस्ट शतक र एक टी–२० अन्तर्राष्ट्रिय शतक बनाएका छन्।

सर्वाधिक अन्तर्राष्ट्रिय शतक बनाउने पनि सचिन नै अघि छन् । उनले ५१ टेस्ट र ४९ एकदिवसीय गरी कुल १ सय शतक बनाएका छन्। यो सूचीमा कोहली दोस्रो र ७१ शतक प्रहार गरेरका पोटिङ तेस्रो स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post डिएगो सिमोनीले एट्लेटिको मड्रिड छाड्ने
Next post राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा सम्मानित
Close