°
, June 2, 2023 in

दीपकको दुई गोलमा एनआरटीमाथि सातदोबाटोको जित

SHARE:

सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले विजयी सुरुआत गरेको छ। च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी)माथि २–१को जित निकाल्यो।

सातदोबाटोको जितमा दीपकराज ठकुरीले २ गोल गरे भने एनआरटीका निकोलस सङले गोल गरे। खेलमा पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल भएको थियो।

पहिलो हफाको अन्त्यमा सातदोबाटोले अग्रता लियो। ४५औं मिनेटमा दीपकले गोल गरेका थिए। पहिलो हाफकै इन्जुरी समयमा एनआरटीले बराबरी गोल फर्कायो । उसका सङले गोल गरे।

पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा ८४औं मिनेटमा सातदोबाटोले पुनः अग्रता लियो । दीपकले नै गोल गरे। त्यसपछि गोल नहुँदा सातदोबाटो विजयी भयो।

SHARE: