°
, June 7, 2023 in

साफ च्याम्पियनसिप असारमा बंगलादेशमा हुने

SHARE:

साफ च्याम्पियनसिपको नयाँ संस्करण असारमा बंगलादेशमा हुने भएको छ । प्रतियोगिता असार ५ देखि १८ सम्म गर्ने प्रस्ताव दक्षिण एसियाली फटबल महासंघले गरेको छ।

यो प्रस्तावित मिति मात्रै भएपनि यसैमा सहमति हुने बताइएको छ। अघिल्लो पटक ५ टिम मात्र सहभागी भएको साफ च्याम्पियनसिपमा यो पटक सातै टिम सहभागी हुने छन्।

श्रीलंकामा भएको अघिल्लो साफ च्याम्पिनपसिपमा भुटान र पाकिस्तान सहभागी थिएनन्। प्रतियोगितामा नेपाल पहिलो पटक फाइनल पुग्दै एपविजेता बनेको थियो।

यसअगाडि भारतले दक्षिण एसियाली देशबीच अलगै प्रतियोगिता पनि गर्ने निर्णय गरेको छ । यसबारे थप निर्णय हुन बाँकी छ ।

SHARE: