प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो पटक साफ च्याम्पियनसिप फाइलन खेल्न लागेको नेपाली टिमको सुरुआती ११ घोषणा गरेका छन्। प्रशिक्षक अलमुताइरीले फाइनलमा नेपाली टिममा तीन परिवर्तन गरेका छन्।
लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेलका विशाल राई, अन्जन विष्ट र आयुष घलानको स्थानमा अलमुताइरीले पुजन उपरकोटी, सुमन अर्याल र सुमन लामालाई मौका दिएका छन्।
विशाल र आयुष बेन्चमा भएपनि अन्जन भने बेन्चमा पनि छैनन । सापफमा नेपालका सबैभन्दा राम्रो प्रदर्शन खेलाडी अन्जनले दोहोरो पहेँलो कार्डका कारण फाइनल गुमाएका हुन्।
पहिलो पटक फाइनल पुगेको नेपालले उपाधिका लागि साफको सर्वाधिक सफल टिम भारतको सामाना गर्र्दै छ। साफ नेपालले भारतविरुद्ध १ जित मात्र निकालेको छ।
खेल मालेस्थित राष्ट्रिय रंगशालामा राति ८ः४५ बजे हुनेछ।