बंगालदेशमा जारी १२औं साफ च्याम्पियनपसिप फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । समूह ‘बी’को उपविजेता हुँदै माल्दिभ्स सेमिफाइलनमा स्थान बनाएपछि नेपालले माल्दिम्भसलाई प्रतिद्वन्द्वी पाएको हो ।
आइतबार साँझ बंगलादेशस्थित बंगबन्धु रंगशालामा भएको खेलमा भारतसँग २–०ले पराजित भएपनि माल्दिभ्स समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइलनमा प्रवेश गरेको हो । समूह ‘बी’बाट सेमिफाइलन पुग्न माल्दिभ्सले टसको सहायता लिनुप¥यो ।
समूह ‘बी’ मा दुवै खेल जितेको भारत ६ अंकाका साथ शीर्षस्थानमा रह्यो भने माल्दिम्भ र श्रीलंकाको समान १ अंक थियो । श्रीलंका र माल्दिभ्सको गोल अन्तर र हेड टु हेड पनि बराबरी भएपछि समूह उपविजेताको टुंगो टसबाट गरिएको थियो । टस माल्दिभ्सले जित्दै नेपालसँगको भेट पक्का ग¥यो ।
यससँगै १२ औं साफ च्याम्पियनसिपको सेमिफाइलनको समीकरण पनि पुरा भएको छ । समूह ‘ए’बा नेपाल र पाकिस्तान अन्तिम चारमा पुगे भने समूह ‘बी’बाट भारत र माल्दिभ्स पुगेका छन् ।
नेपालले फाइलन प्रवेशका लागि बुधबार माल्दिभ्सको सामना गर्ने छ । खेल नेपाली समय अनुसार बेलुकी ३ः४५ मा हुने छ । यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार नै भारत र पाकिस्तान भिड्ने छन् ।
समूह विजेता बनेर अन्तिम चारमा पुगेको नेपाल पाँचौ पटक अन्तिम चारमा पुगेको हो। बुधबार जित हात पारे नेपाल पहिलो पटक फाइनलमा पुग्ने छ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो। त्यसपछि नेपालले भुटानमाथि ४–० र आयोजक बंगलादेशमाथि २–० को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
साफमा नेपालको रेकर्ड
बंगलादेशमा जारी १२औं साफ च्याम्पियनसिपमा नेपालले एकै संस्करणमा बढी गोल गर्ने रकेर्ड बनाएको छ । नेपालले १२औं साफको समूह चरणका तीन खेलमा ७ गोल गर्दै रेकर्ड बनाएको हो ।
यसअघि नेपालले १९९९ को साफ च्याम्पियनसिपमा ६ गोल गरेको थियो । उक्त प्रतियोगितामा नेपाल सेमिफाइलन पुगेको थियो ।
नेपालले सन् १९९३ मा १, सन् १९९५ मा ३, सन् १९९७ मा १ गोल गरेको थियो । यस्तै, सन् २००३, र २००५ मा समान ४–४ गोल गरेको थियो भने सन् २००८ मा ५, सन् २००९ मा ४, सन् २०११मा ३, २०१३ मा ५ र सन् २०१५ मा १ गोल गरेको थियो ।