साफ च्याम्पियनसिपको तालिका परिवर्तन, १६ दिनसम्म चल्ने

आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार साफ च्याम्पियनसिपको तालिका परिवर्तन गरेको हो।

मादिल्भ्समा आयोजना हुने प्रतियोगिता अब १ अक्टोबरदेखि १६ अक्टोबरसम्म चल्ने छ। यसअघि प्रतियोगिता १ अक्टोरबाट १३ अक्टोरसम्म चल्ने तालिका थियो।

परिवर्तित तालिकाअनुसार नेपालले उद्घाटन खेलमा १ अक्टोबरमा अयोाजक माल्दिभ्ससँग खेल्ने छ भने दोस्रो खेल ४ अक्टोबरमा श्रीलंकासँग खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल भारतसँग १० अक्टोबरमा खेल्ने छ भने लिगको अन्तिम खेल बंगलादेशसँग १३ अक्टोबरमा खेल्नेछ।

कोरोनाका कारण पाकिस्तान र भुटान सहभागी नभएपछि प्रतियोगितामा ५ टिम मात्र सहभागी छन् । प्रतियोगिताको फाइनल १६ अक्टोबरमा हुने छ। प्रतियोगिताका सबैखेल मालेस्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।