°
, June 7, 2023 in

साफ यू–१८ महिला च्याम्पियनसिपका नेपाली टिमले थाल्यो प्रशिक्षण

SHARE:

साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली महिला टिमले प्रशिक्षण थालेको छ। मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बन्द प्रशिक्षणका लागि सुरुमा ४० खेलाडीलाई बोलाएका छन् । बन्द प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्लेक्समा भइरहेको छ।

प्रतियोगिताको भारतको जाम्सेदपुरमा मार्च १५ देखि २५ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारत र बंगलादेश गरी तीनदेश मात्र सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतको सामाना गर्ने भएको छ। यस्तै, नेपालले दोस्रो खेल मार्च १७मा बंगलादेशसँग खेल्ने छ । दोस्रो लेगमा नेपालले मार्च २१ मा भारत र मार्च २३ बंगलादेशसँग खेल्नेछ।

डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ।

नेपाली टिम

सावित्री किसान, लिला जोशी, पुजा थापा, रञ्जीता चौधरी, दिपिका कथारिया, सानीमाया स्याङ्तान, सम्झना चौधरी (गोलरक्षक), सबिना चौधरी, मञ्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, गंगा कुमारी चौधरी, प्रतिक्षा राई, अनु राई, हिमा रावत, सरस्वती हमाल, कुमारी तामाङ, सिमा रावल, बाल्पना स्नेही, प्रेना डोल्मा लामा, प्रिया बस्नेत, गोमा रोकाया, दिव्या यसमाली मगर, मसाङ हिङडुङ, दिपा शाही, प्रिती राई, सुस्मा जिटी, सुनकला राई, अञ्जली मचामसी, तुलसा बोहोरा, सारा बज्रचाय, मनिसा सेन, जेनिफर राना, सरिस्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, ममता पुन, मनमाया परियार, गरिमा राई, समिक्षा राई

SHARE: