आयरल्याण्ड वुल्भ्सविरूद्ध सागरले लिए ३ विकेट

30 Mar, 2024

आयरल्याण्ड वुल्भ्स विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल एका सागर ढकालले ३ विकेट लिएका छन् ।

टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए का जेम्स म्याकुलम, रस आदिर र स्टिफन डोहेनीलाई आउट गरेका हुन्।

सागरले पहिलो विकेट ३।५ औं ओभरमा जेम्स म्याकुलमको लिए र त्यस्तै ६।२ औं ओभरमा रस आदिरलाई आउट गरे । तेस्रो विकेटका रुपमा उनले ८।१ औं ओभरमा स्टिफन डोहेनीलाई आउट गरेका छन् ।

त्यस्तै ८।३ औं घरमा पिटर मुर पनि सागर ढकालकै बलमा रनआउट भएका छन् । सागरले ३ ओभर बलिङ गर्दा १५ रन खर्चेर ३ विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ए ले नवौं ओभरको खेल सकिँदा ४ विकेट गुमार ६८ रन बनाएको छ । यसअघि शुक्रबार भएको अभ्यास खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।