युएईमा जारी आईपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो जित निकालेको छ । सोमबार राति दुबईमा भएको खेलमा बैंग्लोरले सुपर ओभरमा मुम्बईलाई हराउँदै प्रतियोगितामा दोस्रो जित निकालेको हो ।
बैंग्लोरले दिएको २०२ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पहिलो मुम्बईले ब्याटिङ ग¥यो र ७ रन मात्र बनाउन सक्यो । ८ रनको लक्ष्य बैंग्लोरले अन्तिम बलमा भेट्टायो ।
यअसघि टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले एबी डि भिलियर्स, आरोन फिन्च र देवदूत पाडिकलले अर्धशतक बनाएपछि ३ विकेटको क्षतिमा २०१ रन बनायो । भिलियर्सले २४ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५५ रन बनाए ।
यस्तै, पाडिकलले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाए भने फिन्चले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५२ बनाए । यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । शिवम दुवेले १० बलमा २७ रन बनाए । मुम्बईमा ट्रेन्ट बोल्डले २ र राहुल चहरले १ विकेट लिए ।
२०२ रनको ठूलो लक्ष्य पछ्याउँदा सुरुमै विकेट गुमाएपछि मुम्बई दबबमा परेको थियो । १५ ओभरसम्म खेल बैंग्लोरको पक्षमा थियो । ५ ओभरमा बाँकी मुम्बईमा ९० रन चाहिएको थियो । तर, यो असम्भव अवस्थालाई किरेन पोलार्ड र इसान किसानले लगभग सम्भव बनए ।
उत्कृष्ट ब्याटिङ गरेका इशान किशान ९९ रनमा आउट भए । उनले ५८ बल खेल्दै २ चौका र ९ छक्का प्रहार गरे । यस्तै पोलार्डले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ६० रन बनाए । यी दुई पाचौं विकेटका लागि ५१ बलमा ११९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । बैंग्लोरका इसुरु उडानले २ र एडम जम्पा, वासिङ्टन सुन्दर, युजभेन्द्र चहलले समान १ विकेट लिए ।
३ खेलमा दोस्रो जित निकालेको बैंग्लोर तेस्रो स्थानमा उक्लिएको छ । उसले पहिलो खेलमा सनराइजर्स हैदरावदलाई १० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किंग्स इलावेन पञ्जावसँग ९७ रनले पराजित भएको थियो । यता मुम्बई भने पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा कोलकता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो ।
मंगलबार हुने खेलमा लगतार दोस्रो जितसहित शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले जितबिहीन रहँदै पुछारमा रहेको हैदरावादसँग खेल्ने छ। खेल साँझ ७ः४५बजे अबुधाबिमा हुने छ ।