च्याम्पियन्स लिग उपाधि जित्ने अभियानमा रहेको पिएसजीले यो सिजन थुप्रै स्टार खेलाडीलाई अनुबन्ध गरेको छ। पहिलेदेखि नै नेमार र किलियन एम्बाप्पेलगायतका स्टार खेलाडी रहेको पिएसजीले यो सिजन बार्सिलोनाका सुपरस्टार लियोनल मेसी र रियल मड्रिडबाट सर्जियो रामोसलाई अनुबन्ध गरेको हो।
यो सिजन उसले मेसी र रामोसहित ५ स्टार खेलाडीलाई अनुबन्धन गरेको छ । त्यसमध्ये उसले ४ खेलाडीलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो । यो सिजन पिएसजीले बर्सिलोनाका मेसी, रियलबाट रामोस, लिभरपुलबाट मिडफिल्डर जर्जिनियो विज्नाल्डम, इन्टर मिलानबाट डिफेन्डर असरफ हाकिमी र एसी मिलानबाट गोलकिपर जियानलुइजी डोनारुमालाई अनुबन्धन गरेको थियो। ती मध्ये पिएसजीले हाकिमीलाई मात्र किनेको हो।
अधिकांश स्टार खेलाडीलाई क्लबमा ल्याउन सफल पिएसजीले अघिल्लो सिजन तलबमा २०६ मिलियन युरो खर्चिएको थियो। तर, मेसी, रामोस, विज्नाल्डमलगायतलायको आगमनसँगै तलबमा पिएसीको वार्षिक खर्च ३ सय मिलियन युरो खर्च हुन्छ । यो खेलाडीले पाउने नेट तलब हो, यसमा कर भने पिएसजी आफैंले तिर्ने छ।
मेसीको पिएसजी आगमनसँगै उनी सर्वाधिक तलब लिने खेलाडी बनेका छन् । उनले पिएसजीबाट वार्षिक ४१ मिलियन युरो तलब बुझ्ने छन्। यस्तै, यो सूचीमा दोस्रो स्थानमा छन्, नेमार । उनले पिएसजीबाट वार्षिक ३६.८ मिलियन युरो तलब बुझ्दै आएका छन्।
यसैगरी युवा स्टार किलियन एम्बाप्पे सर्वाधिक तलब लिनेको सूचीमा तेस्रो नम्बरमा छन्। उलने वार्षिक २५ मिलियन तलब लिन्छन्। यो सूचीको चौथो नम्बरमो सर्जियो रामोस छन्। उनको वार्षिक तलब २१ मिलियन युरो छ। यस्तै, पाँचौं स्थानमा माार्किन्होस र मार्को भेराट्टी छन्। दुवैको तलब वार्षिक १५ मिलियन युरो छ।

यसै सिजन फ्रि ट्रान्सफरमा पिएसजी आएका इटालियन गोलकिपर डोनारुमाको वार्षिक तलब अर्का गोलकिपर केलर नाभासको जति नै १२ मिलियन छ। यसै सिजन पिएसजी आएका मिडफिल्डर विज्नाल्डम र डिफेन्डर हाकिमीको वार्षिक तलब ९.८ मिलियन युरो छ।
कसको तलब कति ?
१. लियोनल मेसी : ४१ मिलियन युरो
२. नेमार जुनियर : २६.८ मिलियन युरो
३. किलियन एम्बाप्पे : २५ मिलियन युरो
४. सर्जियो रामोस : २१ मिलियन युरो
५. मार्किन्होस : १५ मिलियन युरो
६. मार्को भेराटी : १५ मिलियन युरो
७. एन्जेल डि मारिया : १४ मिलियन युरो
८. जियानलुइजी डोनारुमा : १२ मिलियन युरो
९. केलर नाभास : १२ मिलियन युरो
१०. प्रेसनेल किम्पेम्बे : १२ मिलियन युरो
११. माउरो इकार्डी : ११ मिलियन युरो
१२. जर्जिनियो विज्नाल्डम : ९.८ मिलियन युरो
१३. असरफ हाकिमी : ९.८ मिलियन युरो
१४. लिएन्द्रो पेरेडेस : ८.५ मिलियन युरो
१५. आन्द्रे हरेरा : ८.५ मिलियन युरो
१६. जुलियन ड्राक्सलर : ७.६ मिलियन युरो
१७. इद्रिसा गाय : ७ मिलियन युरो
१८. एबडोउ डालिओ : ५ मिलियन युरो
१९. राफिन्हा : ५ मिलियन युरो
२०. जुलियन ब्रान्ट : ५ मिलियन युरो
२१. पाब्लो सराबिया : ५ मिलियन युरो
२२. थिलो केरर : ५ मिलियन युरो
२३. लेविन कुर्जुवा : ५ मिलियन युरो
२४. डानिलो परेरा : २.५ मिलियन युरो
२४. कोलिन डाग्बा : १.४ मिलियन युरो