
शारीरिक सुगठनका पदक विजेता खेलाडी सम्मानित
Read Time:1 Minute
१३औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा नेपाललाई पदक दिलाउने खेलाडीहरु सम्मानित भएका छन् । डिभाइन फिजिकल फिटनेस सेन्टरको आठौं वार्षिक उत्सावको अवसरमा पदकधारी विजेतालाई सम्मान गरिएको हो।
१३औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपका पदक विजेता प्रज्वलमान शाक्य र श्वेता कपालीलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको हो । दुवै खेलाडीलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी सञ्चालिका सुनिता प्रधान, दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्ष दिनेश राजभण्डारी सम्मान गरेका थिए।
सोही अवसरमा सम्मानित दुवै खेलाडीको प्रशिक्षक रुजेश शाहिलाई पनि १० हजार नगदसहित सम्मान गरिएको थियो।
१३औं विश्व शारीरिक सुगठन प्रतियोगिता गत मंसिर महिनाको २० देखि २५ गतेसम्म थाइल्यान्डमा आयोजना भएको थियो।