आईपिएलको पुछारको टिम मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ। शुक्रबार राति भएको खेलमा मुम्बईले गुजरातमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।
१७८ रनको लक्ष्य पछ्याएको गुजरातलाई अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको थियो । तर, मुम्बईमा ड्यानियल साम्सले उत्कृष्ट बलिङ गर्दै टिमलाई ५ रनको जित दिलाएका हुन्।
प्रतियोगितामा मुम्बईको यो लगातार दोस्रो जित हो भने गुजरातको लगातार दोस्रो हार हो। १६ अंकसहित गुजरात शीर्ष स्थानमा रहँदा ४ अंक जोडेको मुम्बई पुछारमा छ।
१७८को लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। गुजराजतले मुम्बईविरुद्ध प्रतियोगिताकै उत्कृष्ट सुरुआत गरेको थियो । तर, फिनिसङमा चुक्दा उ पराजित भयो । उसका रिद्धिमन साह र सुभमन गिलले पहिलो विकेटका लागि १०६ रनको शतकीय साझेदारी गरेका थिए । दुवै अर्धशतक प्रहार गरे।
गुजरातका लागि साहले ५५ रन बनाउँदा गिलले ५२ रन बनाए । साहाले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे भने गिलले ३८ बलमा ६ चौका र २ छक्का नै प्रहार गरे । यस्तै, कप्तान हार्दिक पाण्ड्या २४ तथा साई सुदर्शन १४ रनमा बनाउँदा डेभिड मिलर १९ रनमा नटआउट रहे।
मुम्बईका मुरुगन आश्विनले २ तथा किरेन पोलार्डले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन जोडेको थियो । मुम्बईका लागि इशान किसनले २९ बलमा ५ चौका र १ छक्काप्रहार गर्दै ४५ रन बनाए।
यस्तै, टिम डाभिड २१ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४४ रन बनाउँदा रहदा कप्तान रोहित शर्माले ४३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए ।