°
, June 2, 2023 in

सन्दीपलाई टिममा फर्काउने बारे छलफलमा क्यान

SHARE:

निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुनः राष्ट्रिय टिममा फर्काउने विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले छलफल थालेको छ।

बिहीबार क्यानले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चतुरबहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका सन्दीपलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएका छन्।

अध्यक्ष चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताए । उनले भने, ‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर्नु भनेको छ । के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं, त्यसपछि निर्णय लिन्छौं।’

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ।

SHARE: