°
, June 4, 2023 in

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौं सफलता

SHARE:

युएईविरुद्धको एसिसी प्रियिमर लिगको फाइलनमा सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। सन्दीपले दोस्रो विकेट लिएसँगै खेलमा नेपालले सातौं सफलता हात पारेको छ।

सन्दीपले २६औं ओभरको चौथो बलमा आयन खानलाई कुशल मल्लबाट क्याच आउट गराए । त्यसअघि उनले रोहन मुस्तफालाई पनि कुशलबाटै क्याच आउट गराएका थिए।

त्यसअघि गुल्सन झाले नेपाललाई छैठौं सफलता दिलाएका थिए। उनले बसिल हमिदलाई बोल्ड गरेका थिए।

ताजा अवस्थामा २७ ओभरको समाप्तिमा युएईले ७ विकेटको क्षतिमा १०६ रन बनाएको छ।

टस जितेर बलिङ गर्ने निर्णय गरको नेपालले सुरुआतदेखि नै युएईमाथि दबाब बनाएको थियो। युएईलाई दबाबमा राख्ने क्रममा नेपालका मिडियम पेस र स्पिनर दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्।

त्यसअघि नेपालका लागि करण केसीले २ विकेट लिँदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले पनि विकेट लिएका छन्।

आजको खेल जित्ने टिम एसिया कपमा छनोट हुने छ। र, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउने छ।

SHARE: