°
, June 4, 2023 in

सन्दीपलाई तत्काल बन्द प्रशिक्षणबाट हटाउन गगन थापाकाे माग

SHARE:

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ (क्यान)ले गलत गरेको बताएका छन्। गगनले शुक्रबार ट्विटरमार्फत सन्दीपलाई राष्ट्रिय टिममा फर्काउने क्यानको निर्णय विरोध गरेका हुन्।

गत भदौमा बलात्कार आरोप लगेपछि निलम्बनमा रहेका सन्दीप धरौटीमा रिहा भएपछि क्यानको बोर्ड बैठकले निलम्बन फुकुवा गर्दै उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेको थियो । सन्दीपले आजबाट टिमसँगै प्रशिक्षण थालेका छन्।

महामन्त्री गगन थापाले क्यालने हतारोमा गलत निर्णय गरेको भन्दै निलम्बन फुकुवाको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको भन्दै गगनले विरोध गरेका हुन्।

गगनले ट्विटरमा लेखेका छन्, ‘मेरो धारणा प्रष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउनु हुन्न ।’

एक साताअघि कांग्रेस जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको उनले बताएका छन् । कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो, तर त्यसो हुन सकेन ।’

गगनले अघि भनेका छन्, ‘पुन दोहो¥याउन चाहन्छु, बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ ।’

सन्दीपलाई राष्ट्रिय टिममा फर्काउने क्यानको निर्णय विरोध गर्दै सामाजिक सञ्जालमा ‘बाइकटक्यान’ अभियान नै चलेको छ।

यस्तै, आजै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सन्दीपलाई टिममा फर्काउने निर्णयको विरोध गरेका थिए । उनले पनि ट्विरमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको ध्यानाकर्षण गराएका थिए।

उनले लेखेका थिए, ‘क्यान अध्यक्षलाई फोनमा सोधें– खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन? खेलकुदमन्त्री पिन प्रधानमन्त्री नै हुनुहुन्छ, ध्यानाकर्षण गराउँछु कि सही भएको छ बधाई दिनुस्ः यो प्रकरणमा पनि अदालत कुरौं, हतारो नगरौं, गल्ती सच्याउन भन्नोस्। मौनता जिम्मेवार जवाफ हुन्न ।’

SHARE: