पनि लामिछाने नेपाली एकदिवसीय क्रिकेट टिमको पनि कप्तान बनेका छन्। यसअघि टि–२० टिमको कप्तानी सम्हालिसकेका सन्दीपलाई क्यानले एकदिवसीय टिमको पनि कप्तानको जिम्मेवारी दिएको हो ।
क्यनले आसन्न विश्वकप लिग–२ अन्तर्गतको तेस्रो त्रिकोणात्मक सिरिजका लागि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो । यो पटक पनि उपकप्तान भने कसैलाई तोकिएको छैन । क्यानले आवश्यक परेको अवस्थामा प्रशिक्षकलाई उपकप्तान नियुक्तिको अधिकार दिएको क्यानले जनाएको छ।
मंसिर अन्तिम साता क्यानले अनुशासनको कारबाहीस्वरुप कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । त्यतिबेला आसन्न टी–२० विश्वकप छनोटका लागि भन्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको थियो ।
विश्व क्रिकेट लिग–२ को अन्तर्गत नेपालले चैत पहिलो साता युएईमा त्रिकोणात्मक श्रृङ्खला खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले श्रीलंकामा प्रशिक्षणसहित अभ्यास खेल खेल्ने तय भएको छ । सचिव मल्लले नेपाली टोली २र३ दिनमा श्रीलंका प्रस्थान गर्ने जानकारी दिए । नेपालले श्रीलंकामा स्थानीय टोलीहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ ।
विश्वकप लिग–२ शृंखलामा नेपालले पपुवा न्युगिनी र युएईसँग एकदिवसीय खेल खेल्नेछ । यो सन् २०२३ को विश्वकपका लागि छनोटको प्रारम्भिक चरण पनि हो ।
त्रिकोणात्मक सिरिजमा नेपालले चैत २मा पपुवा न्युगिनीसँग खेल्नेछ भने चैत ४ मा युएईसँग खेल्ने छ। यस्तै, चैत ७ मा युएई र चैत ८ मा पपुवा न्युगिनीसँग खेल्ने तालिका छ।