सन्दीप जोराले बनाए अर्धशतक

युवा ब्याट्सम्यान सन्दीप जोराले राष्ट्रिय टिमका लागि पहिलो अर्धशतक बनाएका छन् । दुबईस्थित आईसिसी एकेडेमी मैदानमा जारी युएईविरुद्धको पहिलो टि–२० खेलमा सन्दीपले अर्धशतक बनाएका हुन् । उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

सन्दीपले युएईविरुद्धकै सिरिजबाट राट्रिय टिममा डेब्यू गरेका थिए । युएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा डेब्यू गरेका सन्दीपले खेलमा १९ रन बनाएका थिए । उनको पहिलो टि–२० खेल हो ।

घरेलु फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीप राष्ट्रिय टिममा परेका थिए । १
जारी १५४ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान पारसलाई २५ रनमा गुमायो । यस्तै ओपनर प्रदीप ऐरीलाई शुन्य, ज्ञानेन्द्र मल्ललाई ७ रन र दीपेन्द्र ऐरी, रोहित र करणलाई समान ४ रनमा गुमाएको थियो ।