°
, June 1, 2023 in
0

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग बास लिग खेल्न सक्ने

SHARE:

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने यो सिजनको बिग बास लिग होबर्ट हुरिकेन्सबाट खल्ने सम्भावना छ । अघिल्ला दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेल्दै सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नयाँ सिजनका लागि मलबर्नले सन्दीपलाई नलिने भएपछि उनी होबर्ट हुरिकेन्ससँग अनुबन्धनको नजिक रहेको बताइएको छ । मेलबर्न स्टार्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको हुनाले सन्दीपले खेल्ने नयाँ टिम होबार्ट हुने सम्भावना भएको हो । मेलबर्नले अफगानिस्तानका जाहिर खान, जोनी बेइस्टो र निकोलस पुरानलाई अनुबन्धन गरेको छ ।

अष्ट्रेलियन न्युज एजेन्सीहरुले सन्दीप नयाँ सिजनको बिग बासका लागि होबर्टसँग अनुबन्ध नजिक रहेको उल्लेख गरेको छ । होबर्टले अफगान स्पिर क्वाइस अहमदले बिबिएल नखेल्ने भएपछि उनको विकल्पका रुपमा सन्दीपलाई अनुबन्धन गर्न खोजेको हो ।

होबार्टले यस सिजन इंग्ल्याण्डका डेभिड मालान र वेष्ट इन्डिजका किमो पउललाई अनुबन्ध गरिसकेको छ र आफ्नो अन्तिम विदेशी खेलाडी बिहीबार सार्वजनिक गर्दैछ । यस सिजन बीबीएलमा हरेक टिमले तीन विदेशी खेलाडी एकै पटक खेलाउन पाउने नयाँ नियम रहेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *