नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीप कतार एयरवेजमार्फत मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
बिग बास लिगका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दीप बुधबार एडिलेट पुग्ने बताइएको छ । एडिलेट पुगेपछि १४ क्वारेन्टिमा बसेपछि सन्दीप टिममा सहभागी हुने छन् ।
बिग बास लिगका अघिल्ला दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यो सिजन होबर्ट हुरिकेन्समा आबद्ध छन् । कोरोना संक्रमणका कारण सन्दीप केही ढिला गरि अष्ट्रेलिया गएका हुन् ।
सन्दीपले बिग बासका अघिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । तयसैले होबर्टले उनलाई अनुबन्धन गरेको हो।
बिग बास लिग गत १० डिसेम्बरबाट सुरु भइसकेको छ । सन्दीपको टिम होबर्टले सुरुवाती दुवै खेलमा जित निकालेको छ । उसले पहिलो एडिलेड स्टाइकर्सलाई ११ र सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।