°
, June 7, 2023 in

सन्दीप भन्छन्– विश्वकप पुग्न सकेनौं, तर युवा टिमको राम्रो सुरुआत

SHARE:

ओमानमा सम्पन्न टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । समूह चरणमा सबै खेल जितेको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल विश्वकपमा छनोट हुन सकेन ।

तर टिममा देखिएको एकता नै यो टुरको उपलब्धी भएको कप्तान र प्रशिक्षकले बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान सन्दीप लामिछानेले भने, युवा टिमको यो राम्रो सुरुवात हो । टिमले जस्तो प्रदर्शन गरेको छ, यसले भविष्यका लागि राम्रो संकेत गरेको छ ।’

यद्यपि जित्नैपर्ने दिन खराब दिन बन्दा टी–२० विश्वकपमा छनोट हुन नसकेको उनले बताए । यसले ठूलो टोलीसँग खेल्ने अवसर गुमेको उनले बताए ।

बिहीबार घरेलु टोली ओमानलाई हराएर नेपालले सान्त्वना स्वरुप तेस्रो स्थानमा क्वालिफायर टुंग्याएको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका क्रिकेटर म्यानेजर विनोद दासले स्वागत गरे ।

SHARE: