सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

Read Time:1 Minute

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा दिएको निवेदन बिहीबार सुनुवाई हुन नसकेको हो । 

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा परेको छ ।

नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

Happy
Happy
33 %
Sad
Sad
33 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %
Previous post पोखरामा अनन्त तामाङ सम्मानित, पाए ‘सर्वोत्कृष्ट खेलाडी सम्मान’
Next post सन्दीप र वाल्टनको कीर्तिमानी साझेदारी, फार वेस्टमाथि जनकपुरको जित
Close