सन्दीपको अपिलको सुनुवाई सकियो, धराैटीमा छुट्ने सम्भावना

Read Time:1 Minute

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ।

न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा रहेको सन्दीपको मुद्दामा सुनवाइ सकिएको र केही समयपछि फैसला आउने पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

रजिस्ट्रार कट्टेलले सन्दीप धरोटीमा छुट्न सक्ने संकेत गरे। ‘सुनुवाई सकिएको छ, फैसला केही बेरमै आउँछ। त्यो सकारात्मक हुनसक्छ,’ उनले भने।

जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले निवेदन दिएका थिए।

नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

Happy
Happy
82 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
9 %
Angry
Angry
0 %
Surprise
Surprise
9 %
Previous post एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिस सेमिमा, पुरुषतर्फ हेल्प नेपालसमूह विजेता
Next post संकटाले भित्र्यायो स्टार स्ट्राइकर मनिष डाँगी
Close