°
, June 7, 2023 in

९९ दिनपछि रिहा भए सन्दीप

SHARE:

बलात्कार मुद्दामा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने ९९ दिनपछि रिहा भएका छन्। बिहीबार उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी आज धरौटी बुझाएर रिहा भएका हुन्।

सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। उच्च अदालत पाटनले पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित धरौटीमा छोड्न आदेश दिएको थियो।

सन्दीपका दाजु मोहन लामिछानेले धरौटी बुझाएका थिए । त्यसपछि सन्दीप केन्द्रिय कारागारबाट अदालतमा हाजिर भएका थिए। अदालतमा मूल मुद्दाको तारिख बुझेपछि उनी रिहा भएका हुन्।

मुद्दाको बाँकी प्रक्रिया अब उहाँ बाहिर बसेर पूरा गर्नुहुनेछ’, वकिल सरोजकृष्ण घिमिरेले भने ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ ।

SHARE: