°
, May 29, 2023 in

बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइयो, परेनन् सन्दीप

SHARE:

आगामी महिना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले नामिबिया र स्टकल्यान्डविरुद्धको सिरिजका लागि शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

तर, क्यानले बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई भने टिममा राखेनन्। गत असोजमा बलात्कार आरोप लागेपछि निम्बनमा रहेका सन्दीप ३ साताअघि मात्र धरौटीमा रिहा भएका थिए।

उनी रिहा भएलगत्तै क्यालने सन्दीपलाई फर्काउने तयारी भइरहेको बताएको थियो। बिहीबार क्यानले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादृुर चन्दले पनि सन्दीपलाई टिमा ल्याउने विषयमा छलफल भइरहेको बताएका थिए। तर, शुक्रबार घोषणा गरिएको टिममा सन्दीप अटाउन सकेनन्।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सूर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव, भीम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, बिक्रम सोब, भुवन कार्की, अंकित सुवेदी ।

SHARE: