बढ्दो विवादका बीच नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति बैठक आज पोखरामा बस्दैछ । बैठकमा बैठकमा नेपाल टी–२० लिगको समीक्षा, सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे निर्णय र नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे बोर्ड बैठकमा छलफल हुनेछ।
केही दिनअघि क्यालने गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले नै सन्दीपलाई टिम ल्याउने बारे छलफल भइरहेको बताएका थिए । तर, त्यसको भोलिपल्टलाई सन्दीपलाई बाहिर राख्दै बन्द प्रशिक्षणबा लागि टिम घोषणा गरिएको थियो।
बोर्ड बैठकले नाबालिग बलात्कार अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्नेबारे पनि निर्णय बताइएको छ। बलात्कार अभियोगमा गत असोज २० मा पक्राउ परेपछि क्यानले उनलाई निलम्बन गरेको थियो । उच्च अदालत पाटनको आदेशपछि गत पुस २९ गते उनी धरौटीमा रिहा भएका थिए ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत फागुन २ देखि त्रिवि क्रिकेट मैदानमा हुन लागेको नामिविया र स्कटल्याण्डसम्मिलित शृंखलाका लागि गत शुक्रबार घोषणा गरिएको २८ सदस्यीय प्रारम्भिक टिममा सन्दीप समावेश छैनन् । मंगलबारको बैठकले सन्दीपको निलम्बन फुकुवासँगै उनलाई टिममा समावेश गर्नेरनगर्नेबारे पनि निर्णय गर्नेछ ।
खेलाडीको पारिश्रमिक, श्रम स्वीकृतिबिना विदेशी खेलाडीको सहभागिता र मुख्य साझेदार कम्पनी नै स्पट फिक्सिङमा संग्लग्नलगायतका कारणबाट चर्को विवादमा तानिएको नेपाल टी–२० लिगको समीक्षा कार्यसमिति बैठकको मुख्य एजेण्डा हुनेछ ।
आइतबारमात्र बोर्डका ७ जना सदस्यले सार्वजनिक कार्यक्रम गरी कार्यसम्पादन समितिमा रहेका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित पाँच जनाको राजीनामा माग गरेको छ । क्यानको विधानअनुसार वर्षमा बढीमा चारपल्ट बोर्ड बैठक बस्न पाइन्छ । दैनिक काम कारबाहीको अधिकार पाएको कार्यसम्पादन समितिले अधिकार दुरुपयोग गरी महत्वपूर्ण निर्णयमा पनि बोर्डलाई जानकारी नदिएको असन्तुष्ट कार्यसमिति सदस्यहरुको दावी छ ।
क्यानले एसियन क्रिकेट काउन्सिल (एसीसी)को कार्यक्रमअन्तर्गत अहिलेसम्मकै ठूलो क्रिकेट प्रतियोगिता आयोजनाको तयारी गरिरहेको छ । आगामी अप्रिल महिनाका लागि प्रस्ताव गरिएको एसियन प्रिमयर कपका लागि नेपालको प्रस्तावमा एसीसी सहमत भइसकेको एक सदस्यले जानकारी दिए ।
मंगलबारको बोर्ड बैठकले १० टिमको सहभागिता रहने सो प्रतियोगिताबारे आवश्यक निर्णय गर्ने पनि ती सदस्यले बताए । प्रतियोगितामा एसीसी अन्तर्गतका एशोसिएट टिमहरुको सहभागिता रहनेछ । उपाधि विजेता टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रका टिमसँग एसिया कप खेल्न पाउनेछ ।