सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

Read Time:1 Minute

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको छ।

उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो।

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्धको निवेदन सर्वोच्चले दर्ता समेत गरिसकेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले जानकारी दिए।

एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो । तर उच्च अदालततको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुगेको हो ।

लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
Previous post सुष्माले वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप खेल्ने
Next post बायर्नले भित्र्यायो म्यान्चेस्टर सिटीका स्टार डिफेन्डर
Close