हट्याे सन्दीपमाथिको निलम्बन

Read Time:2 Minute

क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा भएको छ । बलात्कार आरोप लागेपछि गत भदौमा नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई कप्तानबाट हटाउँदै निलम्बनमा राखेको छ।

मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले सन्दीपमाथि लगाइएको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको क्यान स्रोतले जनाएको छ।

बलात्कार आरोपमा प्रहरीमा सन्दीपविरुद्ध उजुरी परेसँगै प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि क्यानले भदौ २३ गते राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। त्यतिखेल क्यारेबियन प्रियिमर लिग खेलिरहेका सन्दीप असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट पक्राउ परेका थिए।

पुर्पक्षका लागि धुनामा रहेका सन्दीप पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए। सन्दीप रिहा भएसँगै क्यानले उनको निलम्बन गर्न छलफल थालेको थियो।

क्यानको यो निर्णयसँगै सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइने सम्भावना बढेको छ। आसन्न त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणका लागि प्रारम्भिक टिम घोषणा पछि क्यालने निलम्बन फुकुवाको निर्णयपछि बन्द प्रशिक्षणमा बोलाउन सकिने बताएको थियो।

आजै सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ।

Happy
Happy
71 %
Sad
Sad
5 %
Excited
Excited
13 %
Sleepy
Sleepy
1 %
Angry
Angry
8 %
Surprise
Surprise
3 %
Previous post थ्री स्पोर्ट्सले भन्याे- नेपाल टि–२० लिगसँगको सम्झौता रद्द भयाे
Next post क्यानका कार्यबहाक महासचिव मल्लले दिए राजीनामा
Close