°
, June 7, 2023 in

५ महिनापछि प्रशिक्षणमा फर्किए सन्दीप

SHARE:

बलात्कार आरोप लागेपछि निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछाने ५ महिनापछि प्रशिक्षणा फर्किएका छन्। गत भदौमा बलात्कार आरोप लागेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बनमा राखेको थियो।

गत मंगलबार मात्र क्यनले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । आसन्न त्रिकोणात्मक सिरिजको तयारीका लागि सन्दीपलाई समेट्दै क्यानले बिहीबार २० सदस्यीय टिम घोषाणा गरेको थियो।

सन्दीपले शुक्रबार कीर्तिपुरस्थि टियू मैदानमा टिमका अन्य सदस्यसँगै प्रशिक्षण गरेका छन्। टियू मैदानमा प्रशिक्षण थाल्नुअघि मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीपसँग केही बेला कुराकानी गरेका थिए।

आउँदो महिना हुने त्रिकोणात्मक घरेलु एक दिवसीय सिरिजका लागि अहिले नेपाली टिमलाई देसाईले प्रशिक्षण गराइरहेका छन् । नेपाल क्रिकेट संघले देसाईलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको छ।

SHARE: