नेपालले स्कटल्यान्डमाथि एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकाल्यो। शुक्रबार नेपालले कीर्तिपुरस्थि टियू मैदानमा स्कटल्यान्डमाथि ३ विकेटको जित निकाल्यो।
नेपालले खेल जितेपछि दुवै टिमका खेलाडीले हात मिलाउँदै भातृत्व आदन प्रदान गरे। तर स्कटिस खेलाडीले नेपालका स्टार बलर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरे।
सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो । सोही कारण स्कटिस खेलाडीले हात लिाउन अस्वीकार गरेका हुन्।
सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । नेपालले मंगलबार नामिबिययासँग खेलेको थियो । त्यस खेलमा भने नामिबियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।
क्यानले सन्दीपलाई समेत राखेर राष्ट्रिय टोलीको घोषणा गरेपछि क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिको बारेमा आफू जानकारी भएको भन्दै आफूहरु सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध रहेको बताएको थियो ।
मंगलबार भएको खेलमा नामिबियाका खेलाडीले भने सन्दीपसँग हात मिलाएका थिए।