सन्दीपको सुनुवाई सकियो, आदेश केहीबेरमा आउने

Read Time:1 Minute

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनवाइ भएको हो ।

दुई दिन भएको सुुनुवाईपछि दुवैतर्फका वकिलहरुले बहस गरेपछि न्यायाधीशहरू आदेश लेख्दैछन्।

आइतबार लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटाले बहस गरेका थिए।

महान्यायाधिवक्ताको कार्यालयका तर्फबाटरू सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित २ जनाले र पीडितका तर्फबाट तीन जना निजी वकिलले बहस गरेका थिए।

सोमबार लामिछानेका वकिलहरू सरोजकृष्ण घिमिरे, रोशनी घिमिरेलगायतले बहस गरेका छन्।

विदेश जान लगाइएको रोक फुकुवा गर्न सन्दीपले दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालतको फैसलाविरुद्ध सरकारी पक्षले गरेको पुनरावेदनको एकसाथ सुनवाइ भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१९ विश्वकप छनोट : चम्किए नेपाली बलर, हङकङ १२० रनमै अलआउट
Next post चम्किए नेपाली बलर, पिएनजीले दियो २०४ रनको लक्ष्य
Close