एकदिवसीय क्रिकेटमा नेपाल लेगस्पिनर सन्दीप लामिछानेले नयाँ कीर्तिमान कायम गरेका छन्।
एसिसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा ओमानविरुद्ध आफ्नो पहिलो ओभरमै विकेट लिँदै सन्दीपले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाए।
यसक्रममा सन्दीपले अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडे। सन्दीपले ४२ खेलमा १ सय विकेट लिँदा रसिदले ४४ खेलमा १ विकेट लिएका थिए।
ओमानविरुद्ध अदिल सफिकलाई एलबिडब्लु आउट गर्दै सन्दीपले एकदिवसीय क्रिकेटमा १ सय विकेट पुरा गरेका हुन्।
सन्दीपले सन् २०१८मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।