क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दाको सुनुवाइ आज जिल्ला अदालत काठमाडौंमा हुँदैछ। सन्दीपको मुद्दाको सुनुवाइ न्यायाधीश दीपक ढकालको बन्द इजलासमा हुनेछ।
बलात्कार आरोपमा सन्दीप गत असोज २० गते प्रहरीले पक्राउ परेका थिए। उच्च अदालतन पाटनको आदेशमा सन्दीप पुस २९ गते २० लाख धरौटीमा रिहा भएका थिए।
बलात्कार आरोप लागेपछि निलम्बनमा परेका सन्दीप रिहा भएलगत्तै निलम्बन फुकुवा भएका थिए। त्यसपछि उनी राष्ट्रिय टिमबाट नियमित खेलिरहेका छन्।