क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौंमा ३ घण्टा बहस भएको भएको छ। वादीतर्फका वकिलको बहस सुनिसकेपछि न्यायाधीश दीपक ढकालले सन्दीपको मुद्दालाई नयाँ पेशी तोकेका छन्।
बहस नसकिएपश्चात हेर्दाहेर्दैमा राखेर अर्को दिन यसलाई निरन्तरता दिने प्रचलन छ। तर, न्यायाधीश ढकालले हेर्दाहेर्दैमा राख्न इन्कार गर्दै अर्को पेशी तोकिने उल्लेख गरे। तर, नयाँ पेशी मिति भने तय भएकाे छैन ।
बहसको सुरुमा नै न्यायधीसले जाहेरीकर्ताको उमेरबारे प्रश्न उठाएका थिए । ‘उमेरबारे दुईथरि कुरा आइरहेका छन् । वास्तविक उमेरको निर्क्यौल कसरी हुन्छ त ?’ उनले सरकारी वकिललाई सोधेका थिए । सरकार वकिलले नागरिकतालाई नै आधार बनाउनुपर्ने माग गरे ।
जाहेरीकर्ताको नागरिकता र जन्मदर्तामा उमेर फरक देखिएको छ । जन्मदर्ताका आधारमा उनी बालिग भइसकेकी छन् ।
कुनै पनि मुद्दा हेर्दाहेर्दैमा राख्दा अर्को दिन सोही न्यायधीसको इजलासमा बहसले निरन्तरता पाउँछ । तर, नयाँ पेशी तोकिँदा न्यायधीस पनि नयाँ हुन्छन् र बहस फेरि सुरुबाटै थाल्नुपर्ने हुन्छ ।