°
, June 7, 2023 in

सन्दीप बने सर्वोत्कृष्ट खेलाडी

SHARE:

घरेलु मैदानमा आयोजना भएको एसिसी प्रिमियर कपको उपाधि नेपालले जित्यो । मंगलबार भएको फाइनलमा युएईलार्य ७ विकेटले हराउँदै नेपाल पहिलो पटक एसिया कपमा छनोट भयो।

प्रतियोगिता भर बल र ब्याट दुवैमा सानदार प्रदर्शन गरेका सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

प्रिमियर कपको उपाधि दिलाउँदै नेपालललाई एसिया कपमा छनोट गराउन सन्दीप लामिछानेले बल र ब्याट दुवैमा महत्वपूर्ण योगदान दिए। प्रतियोगिताका ५ खेलमा सन्दीपले कुल १३ विकेट लिएका थिए।

यस्तै, उनले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध १०औं नम्बरमा ब्याटिङ गर्दै ४२ रन बनाएका थिए।

यस्तै, युएईका युवा ब्याट्सम्यान वृत्य अरविन्द प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान बनेका छन्। फाइनलमा उनको ब्याट चल्न नसकेपछि प्रतियोगितामा २ शतकसहित उनले सर्वाधिक रन बनाएका थिए।

युएईविरुद्धको फाइनलमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै दबाबबीच अर्धशतक प्रहार गरेका गुल्सन झा प्लेयर अफ दी फाइलन बने छ। उनले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गदैृ ६७ रन बनाएका थिए।

SHARE: