क्रिकेटक्रिक्रेट लिगसमाचार

बर्थडेमा सन्दीपको अद्वितीय प्रदर्शन, लिए ४ ओभरमा ६ रन खर्चेर ३ विकेट

ग्लोबल टि–२० लिग खेलिरहेका सन्दीप लामिछानेले आफ्नो जन्मदिनको दिन अद्वितीय प्रदर्शन गरेका छन्। बुधबार राति भएको खेलको खेलमा सन्दीपले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए।

सन्दीपको अद्वितीय प्रदर्शन मद्दतमा उनको टिम सुर्रे जार्गुसले मिसिसाउगा पन्थेर्समाथि ८ विकेटको जित निकालेको छ।

यो जितसँगै सन्दीपको टिम ७ खेलमा १० अंक जोड्दै शीर्ष स्थानम उक्लिएको छ। अब उसले फाइलन प्रवेशका लागि भ्यानकोभर नाइट्ससँग खेल्ने छ।

पहिला ब्याटिङ गर्दै पन्थेर्सले दिएको ५७ रनको झिनो लक्ष्य सुर्रेले ९ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

उसका लागि मोहमम्द ह्यारिसले २३ बलमा ३७ रन बनाउँदा निटोन दासले १० रन बनाए। पन्थेर्सका उमर कदिर र सेसिल पेरेजले समान १ विकेट लिए।

त्यसअघि सन्दीपले घातक बलिङ गरेपछि पन्थेर्स १४.३ ओभरमा ५६ रनमै अलआउट भयो। उसका श्रेयस मोवाले १७ र निखिल दत्तले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उसका ४ ब्याट्सम्यान डक आउट भएका थिए।

सन्दीपका अलावा म्याथु फोर्ड र कप्तान इफ्तिकर अहमदले समान २ विकेट लिए भने अम्मर खालिद र आयन खानले पनि विकेट लिए। सन्दीप म्यान अफ दी म्याच भए।

सन्दीपले जारी प्रतियोगितामा ६ खेलमा १० विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिनेको सूचीमा तेस्रो नम्बरमा छन्। उनीभन्दा अघि लोगन भान डे विक (१२) र म्याथु फोर्ड (११) छन्।