पूर्वकप्तान सन्दीप लामिछानेलाई क्रिकेटमा फर्काउन नेपाल क्रिकेट संघ (क्यान)ले कानुनी परामर्श थालेको छ। नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका सन्दीप करिब ४ महिनापछि शुक्रबार धरौटीमा रिहा भएपछि क्यानले उनलाई क्रिकेट फर्काउने बारे कानुनी परामर्श थालेको हो।
बलात्कार गरेको भन्दै प्रहरीमा सन्दीपविरुद्ध उजुरी परेलगत्तै क्यानले सन्दीपलाई निलम्बन गरेको थियो। सोही निलम्बन फुकुवा गर्न क्यालने कानुन व्यवसायीसँग परामर्स थालेको हो।
सन्दीपलाई २० धरौटीमा छाड्न बिहीबारमात्र उच्च अदालत पाटनले आदेश दिएको थियो । सोही आदेशपिछ सम्पूर्ण प्रक्रिया पु¥याएर सन्दीप शुक्रबार दिउँसो ९९ दिनपछि जेल मुक्त भएका हुन्।
सन्दीपलाई क्रिकेटमा फर्काउन बारेमा क्यानले कानुन व्यवसायी, आईसिसीसँग छलफल गरिरहेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए। यस्तै प्रकृतिका अन्य देशमा भएको अभ्यासबारे छलफल जारी भइरहेको उनले बताए । उनले फैसलाको पूर्ण पाठ अध्ययन गरिरहेका र अन्तर्राष्ट्रिय अभ्यासका विषय पनि बुझिरहेको उल्लेख गरे।
सन्दीपका तर्फबाट मुद्दा लडिरहेका वकिल सरोजकृष्ण घिमिरेले जेलबाट रिहा भएपछि क्यानले सन्दीपलाई स्वतः कप्तानी फिर्ता दिनुपर्ने दाबी गरेका थिए।
सन्दीपविरुद्ध २१ भदौमा नावालिग बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको थियो। उजुरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।