°
, June 2, 2023 in
0

आईपिएल खेल्न सन्दीप युएईमा

SHARE:

१३औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल) खेल्न नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने युएई पुगेका छन् । गत महिना क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगेका सन्दीप उतैबाट आईपिएल खेल्न युएई गएका हुन् ।

क्यारेबियन प्रिमियर लिग खेलेका अन्य खेलाडीहरुसँगै सन्दीप युएई गएका सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले जनाएका छन् । कोरोना भाइरसको महमारीका कारण यसपटकको आईपिएल युएईका तीन सहर दुबई, अबुधावी र सारजाहमा हुने छ ।

सन्दीप आईपिएलमा लागतार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । अघिल्ला दुई सिजनमा कमै मात्र खेल्ने मौका पाएका सन्दीपले यो पटक पनि प्लेइङ सेटमा पर्ने सम्भावना निकै कठीन छ । दिल्लीमा रविचन्द्र आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता स्पिनर रहेकाले प्लेइङ सेटमा पर्ने सन्दीपको सम्भावना कम भएको हो ।

दिल्लीले २० तारिखमा किंग्स इलाभेन पञ्जावसँग खेल्दै आईपिएलको सुरुवात गर्ने छ । सेप्टेम्बर २५मा दिल्लीले चेन्नई सुपर किंग्ससँग खेल्ने छ भने २९ सेप्टेम्बरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ। यस्तै, अक्टोबर ३मा कोलकाता नाइट राइडर्स, ५ अक्टोरमा रोयल च्यालेन्जर्स बैंग्लोर, ९ अक्टोबरमा राजस्थान रोयल्स र ११ अक्टोबरमा मुम्बई इन्डियन्ससँग खेल्ने तालिका छ ।

जमैका तलाबासबाट सिपिएल खेलेका सन्दीपले उत्कृष्ट प्रर्दन गर्न सफल रहे । उनको टिम सेमिफाइनलबाटै बाहिरिए पनि सन्दीपले ११ खेलमा १२ विकेट लिए । उनी सर्वाधिक विकेट लिनेको सूचीमा पाचौं स्थानमा छ भने जमैकाको दोस्रो स्थानमा छन् ।

१० नोभेम्बरसम्म चेल्ने प्रतियोगिताको लिग चरणमा १० दिन दुई खेल हुनेछ । एक खेल भएकोवेला राति पौने ८ बजे र दुई खेल भएको दिन पहिलो खेल दिउँसो पौने ४ बजे सुरु हुने छ । प्रतियोगिता युएईका तीन सहरमा बन्द रंगशालामा हुने छ । जसअनुसार दुबईमा २४, अबुधावीमा २० र सारजाहमा १२ खेल हुने छ ।

५३ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमबीच ६० खेल हुने छ । जसमा ५६ खेल समूहचरणमा र ३ प्लेअफ र १ फाइलन हुने छ। आईपिएलको सर्वाधिक सफल टिम मुम्बई इन्डियन्स हो । उसले ४ पटक उपाधि जितेको छ भने चेन्नई सुपर किंग्सले ३ उपाधि जितेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *